मोडल सिवाकोटीले पाए आफ्नै प्रेमिकाबाट धोका

सिर्जना बर्देवा/ 
बैशाख,ओखलढुंगा,२४-
पछिल्लो समयका एक चर्चित मोडल दिनेश सिवाकोटीले आफ्नै प्रेमिकाबाट धोका पाएका छन् । आफुले माया गरेको आफ्नै पे्रमिकाबाट मोडल सिवाकोटीलाई धोका भएको हो । भर्खरै सार्बजनिक भएको एउटा म्युजिक भिडियोमा सिवाकोटीलाई प्रमिकाले धोका दिएकी हुन् ।

यस मार्मिक लोक दोहोरी गीतमा सबिना मगरको लय तथा सुभराज बराईलि “दिलदार”को शव्द सिर्जना रहेको छ भने गायक कमल ज्योती र स्वयम मगरको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा स्वयम मोडल सिवाकोटी र सुसिला थापाको उत्कृष्ट अभिनय रहेको छ ।

निर्देशक कुमार केशीको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने भिडियोको सम्पादन दिपक बिष्टले गरेका छन् । यस म्युजिक भिडियोलाई हमाल म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।

(भिडीयो पनी हेर्नुहोस् )