फुकुओकामा भोली हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत

निरन्तर वर्षाका कारण खेल स्थगीत गरेको आयोजकको भनाई

फुकुओका,जापान,असार,२२-

जापानको फुकुओकामा भोली शनीबार हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत भएको छ ।श्री गणेश खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ भोली हुने भनीएको थियो ।

तर जापानभरी नै केहि दिन देखी परेको अविरल वर्षाका कारण खेल मैदान खेल्नलाई सहज नहुने भएकोले अन्तत खेल स्थगीत गर्न बाध्य भएको आयोजक टिमले बिहानीलाई जानकारी दिएको छ । खेल स्थगित गर्दा खेलमा सहभागी हुने टिमलाई पर्न गएको असहजता प्रती आयोजक टिमले क्षमा पनी मागेको छ । 

आयोजक टिमले दिएको जानकारी अनुसार अर्को बैठक बसेर मात्र खेलको मिती टोकिने पनी बताएको छ । भोली हुने फुटसल प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाउन लागेको थियो  ।