एसियन च्याम्पियनसिप फुटबलमा नेपाल युएईविरुद्ध उत्रिँदै

काठमाडौं, असार,३१-

२३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबल खेल्न युएई पुगेको नेपाली टोलीले उद्घाटन खेलमा आज घरेलु टोलीविरुद्ध खेल्ने भएको छ ।

राजुकाजी शाक्यको प्रमुख प्रशिक्षण र विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाल र युएईबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । नेपाली टोली बिहीबारै युएई पुगिसकेको छ ।

छनोट चरणमा नेपालले युएईका साथै उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ ।चार टोली सम्मिलित यो समूहबाट शीर्ष स्थानमा रहने टोली

युथ एसियन च्याम्पियनसिपका लागि सोझै छनोट हुनेछ भने दोस्रो हुने टोलीको उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरण पुग्ने सम्भावना कायमै रहनेछ ।