पत्रकार भीष्म लोध युवा प्रतिभाबाट सम्मानित

नेपालगञ्ज,असार,३०-

युवाको क्षेत्रमा बिशेष भूमिका निर्वाह गरेका बाँकेका ६ जना युवाहरु सम्मानित भएका छन् । जिल्लामा बिभिन्न क्षेत्रमा रहेर युवा सवाल, युवाको आवश्यकता, युवाको जिम्मेवारी लगायतका क्षेत्रमा बिशेष योगदान पु¥याएका ६ जनालाई युवा समितिको कार्यालय बाँकेले नगदसहित प्रमाणपत्रले सम्मानित गरेको हो ।

जिल्ला युवा समितिको कार्यालय बाँकेका कार्यालय प्रमुख रामसुरेश यादवका अनुसार युवा उद्दमी प्रोत्साहनबाट ३ जना । युवा प्रतिभाबाट ३ जना गरी ६ जनालाई सम्मानित गरिएको छ ।

पत्रकार भीष्म लोध

पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा कलम चलाएका, नृत्य तथा चित्रकला, नमूना गाईपालन, भैंसीपालन र कुखुरा पालनबाट उद्यमका क्षेत्रमा योगदान दिएका युवाहरुलाई सम्मानित गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

युवा उद्दमी प्रोत्साहन पुरस्कारबाट कोहलपुरमा नमूना गाईपालन गर्दै आएकी युवा शारदा शर्मा, नमूना भैंसीपालन गर्दै आएका यादव भैंसीपालन समूह नेपालगञ्जका जगत यादव र नमूना बाख्रा पालन गर्दै आएका कोहलपुरका बिरेन्द्र कुमार राना सम्मानित हुनुभएको हो ।

उहाँहरुलाई नगद सात हजार र सम्मानपत्रबाट सम्मानित गरिएको हो ।त्यस्तै युवा प्रतिभा अन्तर्गत लेखन बिद्याबाट पत्रकार भीष्म लोध, नृत्य बिद्याबाट बिहानी युवा क्लब भैयापुरका केशव शर्मा र चित्रकला बिद्याबाट नेपालगञ्जका राहुल शर्मालाई सम्मानित गरिएको हो । उहाँहरुलाई नगद तीन हजार र सम्मानपत्रबाट सम्मानित गरिएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच युवा समितिको कार्यालयका अध्यक्ष कमल बस्नेत, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. बेदबहादुर केसी, उद्यमी महिला बिकास समिति महासंघका केन्द्रीय सदस्य तथा शौन्दर्य व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सोनिया केसीले संयुक्त रुपमा युवा प्रतिभालाई सम्मानित गर्नुभएको थियो ।

यसका साथै कार्यक्रममै कार्यालयले संचालन गरेको ३९० घण्टाको व्युटी पार्लर तथा सिलाई कटाई तालिमका दश जना र प्रशिक्षक सर्मिला र संगीता गौतमलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पशु सेवा कार्यालयका प्रमुख डा केसीले युवाहरुको हौसला प्रदान गर्नुपर्ने आवश्यकता रहेकाले यस्तो कार्यक्रमले ग्रामीण समुदायका युवालाई उत्प्रेरणा मिल्ने बताउनुभयो । उहाँले यस जिल्लाका युवाहरुलाई रोजगारीका लागि देश बाहिर जान नदिनका लागि बिभिन्न कार्यक्रमहरु अझै आवश्यकतामा जोड दिनुभयो ।

युवा समितिको कार्यालयका अध्यक्ष बस्नेतका अनुसार युवाहरुको सृजनशीलताका लागि उनीहरुलाई प्रोत्साहन गर्न पहिलो वर्षमै सम्मान कार्यक्रम गरिएको र आगामी दिनमा पनि युवाका क्षेत्रमा बिशेष योगदान दिनेलाई हौसला प्रदान गर्न सम्मान गरिने छ ।