प्रधानमन्त्री देउवा आज पनी आन्तरिक छलफलमा व्यस्त रहने

काठमाडौं,पुस,२३-

प्रधानमन्त्री शेरवहादुर देउवा आजपनि आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी राजधानी तोक्ने लगायतका विषयमा पछिल्लो समय राजनीतिक सहमति खोज्दै छलफलाई निरन्तरता दिनुभएका प्रधानमन्त्री देउवा आजपनि व्यस्त रहने उहाँको निजी सचिवालयले जनाएको छ ।

भोली बस्ने मन्त्रीपरिषदको बैठकले यस विषयमा निर्णय गर्न सक्ने संभावना भएकाले सहमतिकालागि आन्तरिक छलफलमा जुट्नुभएको हो । भोली वस्ने मन्त्रिपरिषद् बैठकले सातै प्रदेश प्रमुख नियुक्त गर्ने कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभएको छ ।

माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना रहेको थापाले वताउनुभएको छ । प्रदेश प्रमुखका विषयमा सहमति जुटाउन प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस भित्र तथा अन्य राजनितिक दहहरुसंग सहमतिका लागि आज छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

विभिन्न ठाउँमा राजधानीको माग राखी आन्दोलन हुन थालेपछि प्रदेशको अस्थायी राजधानी भने यो सरकारले नतोक्ने यसअघिनै वताइसकेको छ । नेपालवाणीबाट