कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो

काठमाडौं,कात्तिक,११-विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ ।

लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजंगा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायीहरु बताउँछन् ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो ।

व्यवसायीहरु पर्यटक आगमनसँगै उत्साहित भएका छन्। कञ्चनजंगा आउने पर्यटक लक्षित गरेर कञ्चनजंगा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ ।

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो ।

अन्य होटल ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् ।