उडानले गर्यो मोटिभेसनल सेमिनार तथा नयाँ वर्ष विशेष कार्यक्रम

नेपालगन्ज,चैत्र,२९-
मोटिभेसनल सेमिनार तथा नयाँ वर्ष विशेष कार्यक्रम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ।

सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे उक्त कार्यक्रम सन्चालन भएको थियो।

उडान नेपालका अध्यक्ष जनक थापाको सभापतित्वमा सम्पन्न उक्त क्रायक्रममा प्रमुख अतिथीमा मोटिभेटर रबिन्द्र कुमार कर्ण, विशिष्ट अतिथीमा उडान नेपालक प्रमुख संरक्षक अन्जु न्यौपाने रहनु भएको थियो।

 

त्यस्तै अतिथीहरुमा जिभिएन मावी नेपालगन्जका गणेश भण्डारी, बिभिन्न संघ संस्थाहरुबाट आउनु भएका डिला बिक, भागवत नेपाली, चन्द्र शर्मा,सन्तोष रावल,सन्तोष थापा लगायतका रहनु भएको थियो।

विशेष गरि एस इ इ दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको उडान नेपालका अध्यक्ष थापाले जानकारी दिनुभयो।

मोटिभेसनल स्पिकर रबिन्द्र कुमार कर्णद्वारा मोटिभेसन दिइएको थियो। आफ्नो अनुभव सुनाएर सहभागीहरुलाई मोटिभेट गराउँदै स्पिकर कर्णले भन्नू भयो,”सबै भन्दा हामीले म को हुँ र मैले के के गर्न सक्छु। साथै मेरो जीवनको लक्ष्य के हो भन्ने कुरालाई ध्यान दिन सके मात्र जीवनमा हामीले सफलता प्राप्त गर्न सक्छौं ।”

कार्यक्रममा एस इ इ दिएकाहरु मध्येबाट सुचित्रा कार्की र मदन बिकलाई उडाम नेपालको तर्फबाट निशुल्क आभारभुत र डिप्लोमा कम्प्युटर तालिमको व्यवस्था गरिएको पनि अध्यक्ष थापाले बताउनु भयो।

विभिन्न स्कुल, कलेज साथै क्याम्पसबाट गरि १८५ जनाको सहभागीता रहेको उक्त कार्यक्रमको सन्चालन उडान नेपालका सचीव तपेन्द्र बहादुर मकातीले गर्नु भएको थियो।