आज निर्वाचन महाउत्सव, मतदान बिहान ७ देखि ५ बजेसम्म

स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा

 काठमाडौं, ३१ वैशाख –

झण्डै दुई दशकपछिक पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ ।

यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा गरिएको छ । विगत १५ बर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई लोकतन्त्रको जग नै कमजोर भएको जनताले अनुभूति गर्दै आएका छन् ।

यही अवस्थामा जनताले आज आफ्नो विशेष अधिकार प्रयोग गर्दै स्थानीय स्तरका लागि आफ्नो नेतृत्व चयन गर्दै छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।