राष्ट्रपतिको अपील :स्थानीय निर्वाचन सफल बनाउन मतदातालाई

 काठमाडौं,बैशाख,३०-

राष्ट्रपति विद्या भण्डारीले भोलि हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गरेकी छन् ।राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आहृवान गरेकी हुन् ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुडि्कलो भएकाले यसको आफ्नै महत्व छ ।’

यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने राष्ट्रको विश्वास छ । साथै राष्ट्रपतिले उत्साहका साथ निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपील गरेकी छन् ।

राष्ट्रपति भण्डारी शुक्रबार मात्र पाँच दिने थाल्याण्ड र श्रीलंका भ्रमणमा गएकी छिन् ।  साभार अनलाईनखबर उनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने निर्णय गरिसकेकी छन् ।