सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं,फागुन,८-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्मका सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन  निर्देशन दिएको हो ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ ।

 समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बोलाइएको थियो ।

राजधानी बाहिर रहेकाले बाँस्कोटा समितिको बैठकमा उपस्थित भएनन् ।ईमेजखबरबाट