डा.योगी विकासानन्दद्वारा उत्प्रेरक प्रवचन नेपालगन्जमा

नेपालगन्ज ,कार्तिक,१७-
बाँकेको नेपालगन्जमा बागेश्वरी असल शासन क्लबको अायोजनमा डा-योगी विकासानन्दले अाज उत्पेरक प्रवचन नेपालगन्जमा दिनु भएको छ ।

बागेश्वरी असल शासन क्लब बासको १०९ अौं उत्पेरक कार्यक्रममा अाज डा- योगी विकासानन्दलाई बोलाईएको थियोे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उहाँलाई ल्याउन पहिला पनि प्रयास गरिएको र अहिले संयोग भएकोमा खुसी व्यक्त गर्नु भयो ।

बासले विशेषगरी युवा पुस्तालाई मध्यनजर गरी यस किसिमको कार्यक्रम प्रत्येक शनिवार गर्ने गरेको छ । बासले २०७३ साल जेठ महिना देखि उतपेरक कार्यक्रम सुरुवात गरेको निर्देशक शाहले बताउनु भयो । उक्त कार्यक्रमको सञ्चालन बासका केन्द्रीय महासचिव हेमराज भट्टले गर्नु भएको थियो भने स्वागत मन्तव्य अाजका कार्यक्रम संयोजक रबिन्द्र बोहराले गर्नुभएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि डा-योगी विकासानन्दले लगभग ३ घण्टा प्रवचन दिनुभएको थियो । उहाले संसारमा कुनै पनि चिज असम्भव नभएको र सिस्टमले नचल्ने गर्दा सबै व्यर्थ रहेको बताउनुभयो । बासको अाजक‍ो कार्यक्रमलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरेका थिए ।

सेभ द चिल्ड्रेन , होटल सि-एस-टी-, अोम फिटनेस, सन लाईफ ईन्स्युरेन्स लगायतका संघ संस्थाहरुले ब्यानर बनाउन सहयोग गरेका थिए । कार्यक्रममा उल्लेख्य युवाहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बासले अाफन‍ो क्लबलाई सहयोग गर्ने दाताहरुलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।