
काठमाडौं,असोज,२६-नेपाल सरकारले नेपालीहरुको महान चाड दशैँ यथास्थानमा मनाउन नागरिकलाई आह्वान गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले भताउनुभयो।
सरकारले हवाइ सेवा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई भने केहि खुकुलो बनाउने निर्णय गरेको छ।
एक मन्त्रीका अनुसार हवाइ सेवामा अहिले लागु गरिएकाे एकतर्फको सिटमा एक जना मात्रै यात्री रहने व्यवस्था हटाइएकाे हाे।तोकिएका अन्य स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने ती मन्त्रीले बताउनुभयो ।