ओखलढुंगामा धारिलो हतियार प्रहार गरि युवकको हत्या

ओखलढुंगा,भदौ,६-

मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको अज्ञात समुहले घरैमा धारिलो हतियार प्रहार गरि हत्या गरेको छ । कोही नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो ।

मंगलबार साँझ कार्कीको घरको कोठामा रगतले लत्पतिएको अवस्थामा शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माको टोली घटनास्थल मै पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सुचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्कीको हरियार प्रयोग गरेर हत्या भएको अनुमान गरिएको छ । शव पोष्टमार्टम गर्न रुम्जाटार अस्पताल पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेकाले थप तथ्य बाहिर आउन समय लाग्ने सुचना अधिकारी भट्टराईले बताए । कार्की यही असारदेखी गाउँमा बस्दै आएका थिए । यस अघि उनी काठमाण्डौ बस्दै आएका थिए । स्थानीयले उनीसँग दुष्मनी भएका व्यक्ति बाहिरबाट आएर हत्या भएको हुनसक्ने बताएका छन् ।