जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि

Image Not Foundजापान,कार्तिक,४-गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ ।

योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ । 

गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा निर्यात १३ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बुधवार सार्वजनिक गरेको व्यापार तथ्यांकले देखाएको छ । सो अवधिमा निर्यात ११ प्रतिशतले बढ्ने अनुमान विश्लेषक तथा अर्थशास्त्रीहरुले गरेका थिए ।

अघिल्लो महीना पनि निर्यात २६  दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा जापानको सबैभन्दा ठूलो व्यापार साझेदार चीनतर्फको निर्यात १० दशमलव ३ प्रतिशतले बढेको छ । पछिल्लो तथ्यांकले नीति निर्माताहरुलाई थोरै भए पनि राहत दिएको छ ।एजेन्सी