पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्न संयुक्त समावेसी प्यानलसंग आग्रह

कोहलपुर,साउन १०-

केहि दिनमै हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि घरदैलोमा पुगेका विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी प्यानललाई ढकेरी,अगैया र कुसुमका मतदाताहरुले पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्न आग्रह गरेका छन् ।

जिल्लाको पूर्वि क्षेत्र राप्ती सोनारी गाउँपालिकामा पर्ने पर्यटकिय क्षेत्रको रुपमा विकास भैरहेको र पर्यटकीय सम्भावना बोकेका ति क्षेत्रका व्यापारी व्यवसायी मतदाताहरुले उक्त आग्रह गरेका हुन् ।

अध्यक्ष पदका उम्मेदवार चक्र बहादुर अधिकारी सहित २१ सदस्यीय कार्यसमितिका लागि संयुक्त समावेसी प्यानल बनाएर घरदैलो अभियानमा हिडेका उम्मेदवारहरुसंग ढकेरीका व्यापारीहरुले भने ,“हामी तपाईहरुलाई नै मत हाल्छौं तपाईहरुले यस स्थानको विकासका लागि पहल गरिदिनुप¥यो ।

आफूहरुले भाषण भन्दा बढी काम गर्ने र पदमै बसीरहने नेतृत्व नचाहेकाले एक कार्यकालको घोषणा गर्नु प्रशंसिनीय भएको बताएका थिए । राप्ती सानोरी गाउँपालिका वडा नम्बर १ कुसुमका देवमणी ढकालले भने “हामीलाई यहाँ व्यवसाय गर्न सुरक्षाको आवश्यकता छ , सुरक्षाको प्रत्याभूति गराउन सक्ने जुझारु नेतृत्वसंगै सबै उम्मेदवार एक सय एक क्षमतावान छन् जसले जितेर काम गर्छन् भन्ने मलाई विश्वास छ ।

दाङ र बाँके जोड्ने पुरानो बजार भएपनि यहाँको विकासमा उद्योग वाणिज्य संघको ध्यान नगएकाले यहाँको विकासका लागि पहल गरिदिन समेत ढकालले आग्रह गरे । वर्षायामको झरीमा भिज्दै घरदैलोमा हिडेका अधिकारी सहितको संयुक्त समावेसी प्यानललाई अगैयाका व्यापारीहरुले पनि जितका लागि अग्रिम शुभकामना दिएका छन् ।

आफूहरुलाई उद्योगी व्यापारीहरुको पक्षमा लड्ने नेतृत्व चाहिएको घरदैलोमा पुगेका संयुक्त समावेसी व्यानलका उम्मेदवारहरुसंग कुराकानी गर्दै अगैयाका व्यापारीले आफूहरुको साथ र सहयोग रहेको जनाएको संयुक्त समावेसी प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिनुभएको तेज प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घरदैलो अभियानमा हिडेका संयुक्त समावेसी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नम प्रसाद शर्मा , उद्योग तर्फका उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका देवानन्द अर्याल,वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका

लक्ष्मण पौडेल ,महासचिव पदमा उम्मेदवारी दिनुभएका तेज प्रसाद अधिकारी,उपमहासचिव पदमा उम्मेदवारी दिनुभएका मातृका सापकोटा ,कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सुनिल खनाल,सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका ईश्वर श्रेष्ठ सहित सबै उम्मेदवारलाई मतदाताहरुले सहयोग गर्ने बताएका छन् ।

झरीको वास्ता नगरी प्रचार प्रसारमा रहेका उम्मेदवारहरुलाई कुसुमका व्यापारीहरुले आफूहरुको साथ र सहयोग रहेको बताएका छन् । “व्यापारसंघमा पटक पटक उठेर काम गरिसकेका अनुहारहरु हामीले फेरि पनि उठेको देख्यौं, ” अगैयामा रहेर विन्दवासीनी होटलका सञ्चालक तेज बहादुर ओलीले संयुक्त समावेशी प्यानलसंग घरदैलोमा कुराकानी गर्ने क्रममा भने, “तपाईहरुले जित्नुभयो भने काम गर्नुहोला फेरि पदका लागि उम्मेदवारी नदिनुहोला ।

१५ गते हुने निर्वाचनका लागि संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुले नमुना मत पत्रका बारेमा त्यस क्षेत्रका मतदाताहरुलाई जानकारी समेत गराएका छन् । मतदान गर्दा मत बदर हुने हुँदा चुनाव प्रचार प्रसार सहित उम्मेदवारहरुले मतदान शिक्षा समेत दिइरहेका छन् ।

संयुक्त समावेसी प्यानलबाट वस्तुगत सदस्य पदमा रेखीराम विक , खुला सदस्यहरुमा खुम बहादुर खत्री,चण्डी प्रसाद गैरे,टिकाराम देवकोटा, तेज बहादुर शाही , दिपक बहादुर भण्डारी,धन बहादुर बुढाथोकी , नविन खड्का ,प्रेम सुवेदी, युज्ञराज रेग्मी ,सिता कार्की , अन्जना धिताल र संगिता सुवेदीले उम्मेदवारी दिनुभएको छ ।

आज विहान संयुक्त समावेसी प्यानलले राप्नी सोनारी गाउँपालिकामा पर्ने ढकेरी , अगैया, कुसुम, नयाँगाउँका उद्योगी, व्यापारी तथा व्यवसायीहरुसंग भेटघाट गरेका छन् ।
फोटो छ ।