भारतलाई ३-१ गोलले हराएको नेपालले आज श्रीलंका संग भिड्ने

खेल राति ८:१५ बजे सुरु हुने

यू-१७ साफ : सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दैकाठमाडौं,भदौ,२७-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार घरेलु टोलीको सामना गर्दैछ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।

नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।

यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले २ खेलमा ६ अंक जोडेको थियो।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले हराएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

श्रीलंकाले भने समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।  

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।  सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।खेलपाटीबाट