सिर्जनशिल भरीया समाज राखाबाङ्गदेल द्धारा २५ बिद्यार्थिलाई छात्रबृत्ति प्रदान

सिर्जना बर्देवा/
खोटाङ्ग,माघ,२२-
खोटाङ्गको ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेलका २५ जना बिद्यार्थिलाई छात्रबृत्ति बितरण गरिएको छ । बिटुयनको आर्थिक सहयोगमा सिर्जनशिल भरीया समाज राखाबाङ्गदेलले छात्रबृत्ति प्रदान गरको हो ।

साबीकको राखाबाङ्गदेल गाबीस भरीका ५ वटा बिद्यालयका उत्कृष्ट २५ बिद्यार्थि लाई छात्रबृत्ति बितरण गरिएको संस्थाकी सदस्य गिता थापाले बताउनु भएको छ । बिद्यार्थिहरुलाई प्रतिव्यक्ति ५ हजार बराबरीको झोला,बिद्यालय पोसाक र स्टेशनरीको सामानहरु बितरण गरिएको थापाले जानकारी दिनुभएको छ ।