जापानको फुकुओकामा नेपाल फेस्टिवल हुने

फुकुओका,जापान,माघ,२२-

जापनको फुकुओकामा नेपाल फेस्टिवल २०१८ हुने भएको छ ।

फुकुओका नेपाल सोसाईटी, एन.आर.एन.ए क्यूसु लगायत क्यूसुमा रहेका सम्पुर्ण सामाजीक संघ संस्थाहरुको आयोजना र नेपाली राजदुतावासको विषेश सहयोगमा आगामी फाल्गुन २ र ३ गते अर्थात अप्रिल १४ र १५ तारिख दिन नेपाल फेस्टिवल हुन लागेको हो । 

उक्त फेस्टिवलमा स्टल बुकिंगको लागी आह्वान गरिएको छ । फेस्टिवलमा सहभागी हुन चाहाने ईच्छुक व्यवसायीहरुलाई समयमा नै स्टल बुकिंग गर्न आयोजले अनुरोध गरेको छ ।स्टल बुकिंग बिहान १० बजे देखी ५ बजे सम्म गर्नु पर्नेछ ।

यस्तै फेस्टिवलमा प्रती स्टल शुल्क खाद्यजन्य स्टलको लागी ३ मान दुई दिनको लागी निर्धारण गरेको छ भने, त्यस्तै सेवामुलक स्टलको लागी २ मान तोकेको छ भने , व्यापारिक स्टलका लागि ५ मान रहेको छ । 

स्टल बुकिंगका लागी सम्पर्क गर्नु परेमा तल उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

१ नवीन अधिकारी ०८०-४३१२-८३७४ (संयोजक)

२ भिम बहादुर GURUNG – ०९०-२९६१-४२७५ (ईन्सुरेन्स)

३ ज्योति केसि – ०९०-६४२५-९८४६

४ कृष्ण हरि सुवेदी – ०८०-३३७१-३८०९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।स्टल बुकिंगको अन्तिम समय यहि माघ २२ गते अर्थात फेब्रुअरी २२ सम्म भएको आयोजकले जनाएको छ । नेपाल फेस्टिवल भने फुकुओकामा रहेको चिउओ पार्क तेन्जीनमा हुनेछ । 

स्टल बुकिंगका लागी फाराम भर्नु पर्नेछ । फाराम भर्दा खाद्यान्न स्टलको लागी रेष्टुरेन्टको एईग्योउ क्योकास्योउ र मेनु तथा सेवामुलक स्टलका लागी कम्पनीको तोहोन समावेश गरि पठाउनु पर्नेछ ।

(फारामको नमूना)