दाङ क्षेत्र नं.२ मा माओवादी नेता कृष्ण महरा विजयी

घोराही,मंसिर,२४-

दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी हुनुभएको छ । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको हो ।

महराले ४० हजार ४२ मत पाएका छन् भने खनालले २५ हजार ८९७ मत पाउनु भएको हो । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी हुनुभएको हो ।

चुनाव जितेलगत्तै पत्रकारहरुलाई प्रतिकृया दिँदै महराले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने र सबैको साझा नेता भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।