नेपालगन्ज महोत्सव भोलि बाट

नेपालगंज,पुस,२५-

एजि सर्भिस प्रालिको आयोजनामा हुन गईरहेको “नेपालगन्ज कृषि ,पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव २०७५ भोलि पौष २६ गते बिहिबार बाट शुरु हुने भएको छ । माननीय कृषि भुमि तथा सहकारि राज्य मन्त्री रामकुमारी चौधरीले महोत्सवको उदघाट्न गर्नुहुने भएको छ।

यहि पौष २६ देखि माघ ८ गतेसम्म सन्चालन हुने उक्त नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।नेपालगन्जको कारकाँदो चोक स्थित राधाकृष्ण मन्दिर नजिकैको प्राङगणमा लाग्न गईरहेको उक्त महोत्सवलाई आकर्षक बनाउनको लागि हेलिकप्टर उडानको समेत व्यवस्था गरिएको र हेलिकप्टर उडानको लागि जिल्ला प्रशासन कार्यलयले समेत स्वीकृत दिसकेको आयोजकका अध्यक्ष नन्द बुढाले जानकारी दिनुभयो।

प्रचार प्रसार समितिका संयोजक सुनिल रेग्मिका अनुसार उक्त महोत्सवमा खुल्ला नृत्य प्रतियोगिताको समेत आयोजना गरीएको छ । प्रतियोगीतामा प्रथमलाई नगद रु पचास हजार सहित म्युजिक भिडियोमा समेत अवसर दिईने छ ।

महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, करिश्मा ढकाल, अन्जली अधिकारी, प्रमोद खरेल, सुनिल गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ ।