सानिमा जनरल इन्स्योरेन्सको शाखा नेपालगन्जमा विस्तार

पहुँच नपुगेका ठाँउहरुमा सबै प्रकारको बिमाको सुविधा दिईने

नेपालगन्ज,पुस,२५-

सानिमा जनरल इन्स्योरेन्सको शाखा बुधबार नेपालगन्जमा विधिवत रुपमा समुदघाटन गरिएको छ । एक विशेष समारोहका बिच सानीमा जनरल ईन्स्योरेन्सको शाखा विस्तार गरिएको हो । 

नेपालगन्ज तथा बाँके जिल्लाभर सर्बसुलभ छिटो छरिटो रुपमा बिमा सेवा  पुर्‍याउने उद्देश्यका साथ कम्पनीको शाखा विस्तार गरिएको कम्पनिले जनाएको छ। 

कम्पनिले सबै प्रकारका निर्जिवन बिमाहरु जस्तै : मोटर , घर , कलकारखाना तथा पशु बिमा, दुर्घटना र लघु बिमा मार्फत देशभर बिमाको पहुँच नपुगेका ठाँउहरुमा बिमाको सर्वसुलभ पहुँच पुर्‍याउने प्रतीबद्धता पनी ब्यक्त गरेको छ ।

कम्पनिको अधिकृत पुँजी रु १ अर्ब ५० करोड,जारी पुँजी १ अर्ब र चुक्ता पुँजी रु.७० करोड रहेको र आगामी आर्थिक वर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पुर्‍याउने लक्ष्य राखेको समेत कम्पनिले जानकारी दिएको छ।

देशका सफल उद्योगी व्यवसायिहरु,बैंकर्स तथा गैराआवासिय नेपालिहरुद्वारा कम्पनिको प्रवर्धन गरिएको साथै दक्ष तथा अनुभवी कर्मचारिबाट सेवा प्रधान गरिने कम्पनीले बताएको छ।

उक्त समारोह कार्यक्रममा कम्पनिका संचालक खेमराज लामिछाने यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय ट्ण्डन तथा नेपालगन्ज उपमहानगरपालिका का मेयर डा. धवल शम्शेर राणाको उपस्थीती रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तब्य राख्दै कम्पनिका सहायक महा प्रबन्धक राजु पौडेलले कम्पनीको बारेमा जानकारी दिनुभएको थियो । भने कार्यक्रमको संचालन मिनराज शाहिले गर्नु भएको थियो ।