लायन्सका संस्थापकको जन्म जयन्तीको अवसरमा वृहत् सरसफाइमा कार्यक्रम

नेपालगन्ज,पौष,२४-

अाज बाँकेको नेपालगन्ज उपमहानगरपालिका बि-पी- चोक देखि धम्वाीझी चोक सम्म लायन्स संस्थापक मेल्भिन जोन्सको १४० अौं जन्म जयन्तीको अबसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।
अाज बिहान ठीक ८ बजे नेपालगन्ज उपमहानगरपालिकाको गेट नजिकैबाट उक्त कार्यक्रम शुरु गरिएको थियो ।

एरिया नं ६ अन्तर्गतका लायन्स क्लबहरुको अायोजनामा कार्यक्रम गरिएको एरिया जोन पर्सन लायन्स जीव नारायण बेल्बासेले बताउनुभयो । उक्त कार्यक्रममा सरसफाइ गर्नुका साथै अाफनो घर तथा पसल अगाडि फोहर नगर्न स्थानीयहरुलाई सम्झाउने काम गरिएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका अध्यक्ष लायन्स धुव्रराज शर्माले बताउनुभयो ।

उक्त कार्यक्रममा लायन्सका सिनियर एडभाईजर, एरिया चिप, लगायत लायन्स क्लबहरुसंग सम्वन्धित पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रम धम्बोझी चोकमा गएर समापन गरिएको थियो ।