मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने

काठमान्डौ,बैशाख,२५-
मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै आउँदो जेठ तीन गतेसम्म सडक खुल्ला राख्ने निर्णय गरिएको छ । मजदुरहरु चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने भएकाले चुनावी कार्यक्रमलाई ध्यानमा दिएरु बटो खुल्ला राख्ने निर्णय गरिएको हो । यसअघि बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । मतदातालाई असुविधा नहोस भनेर बाटो खुलाउने सहमति भएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । बाटो २४ घण्टा खुलेसँगै आजदेखि निर्माणको काम रोकिएको छ ।