टीकापुर घटनाका आरोपी छोड्ने शर्तमा फोरम पनि सरकारमा

काठमाडौं , बैशाख २६ –

टीकापुर घटनाका आरोपीहरूलाई रिहा गर्ने शर्तमा फोरम लोकतान्त्रिक सरकारमा गएको छ ।स्रोतका अनुसार साता दिनभित्रै ०७२ भदौ ७ गते भएको टीकापुर घट्नाका आरोपीलाई थुनामुक्त गर्ने शर्तमा विजय गच्छादारको पार्टी फोरम लोकतान्त्रिक सरकारमा गएको हो  ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि सामाजिक सञ्जाल फेसबुकमा टीकापुर घटनाका आरोपीलाई मुक्त गर्ने शर्तमा फोरम लोकतान्त्रिक सरकारमा गएको उल्लेख गरेका छन् ।सो शर्तअनुसार गच्छादारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा गएको छ । गच्छादारले सोमबार सााझ सपथ ग्रहण गरिसकेका छन् ।

त्यो शर्त हुँदैन थियो भने हामी सरकारमा जाादैन थियौ फोरमका एक नेताले भने किनकि नेपाली कांग्रेस र माओवादी केन्ऽबीच भएको सहमतिअनुसार जेठको पहिलो साता प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने छ ।

यद्यपि दुई साताको सरकारमा गएको भन्दै गच्छादारको आलोचना भएको छ । उनलाई केही सञ्चारमाध्यामले ‘सदाबहार मन्त्री’ विजय गच्छदारको सत्तारोहण भन्ने टिप्पणी समेत गरेका छन् ।

गच्छदार उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेका छन् । उनी १२ औं पटक मन्त्री भएका हुन् । उपप्रधानमन्त्रीका रूपमा भने यसपटक समेत जोडेर उनी चौथो पटक सरकारमा पुगे ।फोरमबाट जीतेन्ऽ देव र गोपाल दहित मन्त्री बनेका छन् । देवले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र दहितले भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले आफूहरूले उठाएका मुद्दा सम्बोधन गर्ने र संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि सरकारमा जाने निर्णय भएको बताए । के मुद्दा हुन त्यो भने उनले प्रष्टरूपमा उल्लेख गरेनन् ।

कतिपय राजनीतिक विश्लेषकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा आफ्नो ठाउा सुरक्षित गर्न पनि गच्छादार सरकारमा गएको चर्चा गर्न थालेका छन् ।