ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन आवश्यक: प्रधानमन्त्री देउवा

काठमाडौं,पुष,९-प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ।

शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ यस्तो बताउनुभएको हो ।

उहाँले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको बताउनुभयो ।