प्रादेशिक महोत्सवमा आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै

नेपालगन्ज,फाल्गुन,२०-
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् ।

आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले,भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए ।

वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गरिएको अध्यक्ष बैश्यले बताए ।महोत्सवमा तीन सय बढि स्टल छन् ।

आयोजकका अनुसार फाल्गुन २९ गते सम्म चल्ने महोत्सव अवधिभर स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।