बिदेशी युवाको हातबाट कान्छा अभियन्ता केपि ग्रीन स्टारले सम्मानित

काठमाण्डौं,फाल्गुन,२०-

पछिल्लो समय देश तथा बिदेशमा बस्ने नेपालीहरुलाई आफ्नो सानै उमेरमाबाट आफ्नो कामले प्रभावित पार्न सफल देशका कान्छा सामाजिक अभियान्ताको नामले चर्चित केपि खनाल पछिल्लो समय बिदेशको भ्रमण सङगै बिदेशी संघ संस्थाबाट सम्मान पाउने काम जारी छ ।

यसै बिचमा फाल्गुन १९ गते आईतबार इंगल्याण्डबाट आएको एक इन्जिनियर को संस्थाले उनलाइ ग्रीन स्टार नेपाल अवार्डको नामले सम्मानित गरेको छ ।

उक्त संस्थाले अहिले भारत सङगै नेपालमा पनि फ़ोहोरहरुबाट मोहोर निकाल्ने काम गरिरहेको छ ।