खाजा खर्च कटाएर बुद्धिमानलाई नेपालगन्ज टेक्निकलका विद्यार्थि र शिाक्षकको सहयोग

नेपालगन्ज,माघ,२१-

बाँकेको वैजनाथ गाँउपालीका वडा नं ८ का वुद्धिमान कुवरको उपचारका लागी सहयोग रकम उठ्ने क्रम जारी छ । भारतको सिम्लामा करेन्ट लागेर २ हातसंगै १ खुट्टा गुमाउनु भएका कुवरको उपचारका लागी आज नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलका शिक्षक तथा विद्यार्थीहरुले विद्यालयमा संकलन गरेको रकम अभियानकर्ता पत्रकार खगेन्द्र दाहाललाई हस्तान्तरण गरेको नेपालगन्ज टेक्निकल कलेजका प्राचार्य इन्जिनियर दिपक विसीले जानकारी दिनुभएको छ ।

शिक्षक, विद्यार्थी लगायतले आफ्नो खाजाखर्च जोगाएर संकलन गरेको २९ हजार १ सय ५ रुपैया आज अभियानकर्ता दाहाललाई विद्यालय परीषरमा हस्तान्तरण गरेको नेपालगन्ज टेक्निकल स्कुलका प्रार्चाय इन्जिनियर दामोदर ढकालले बताउनुभएको छ । कलेजका शिक्षक पवन कैरातिको संयोजनमा रकम संकलन गरीएको हो ।

शिक्षक निरन्जन राना, जनक वडुवाल, विवेक चौधरी, गौतम श्रेष्ठ, खिमानन्द जोशी, शोनु शाह, अलका खड्का लगायतले रकम संकलनमा सहयोग तथा समन्वय गर्नुभएको हो । अभियानकर्ता दाहालकै अगुवाईमा अहिलेसम्म एक लाखबढी रुपैयाँ संकलन भइसकेको छ । रकम संकलन हुने क्रम जारी रहेकाले संकललित रकम केहीदिनमा पत्रकार सम्मेलनको आयोजनागरी हस्तान्तरण गरिने दाहालले जानकारी दिनुभयो ।