काठमाडौं,मंसिर,२३-


विगत दश वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो दोस्रो चरणको संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा ३० प्रतियोगी समावेश गराइने जानकारी दिए साथै उक्त प्रतियोगीताको लागि फारम पनि खुल्ला भइसकेको वन्तले यसै विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी तथा तालिम प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तराष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण प्रदान गर्नु हुनेछ ।
साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ । प्रतियोगिताका विजेताले “मिसेस विउटी कुइन नेपाल २०१८” को उपाधी सहित रु १ लाख ८३ हजार वरावरको सुजुकी स्कुटर, लेटमिइनको तर्फवाट रु ५० हजार वरावरको गिफ्ट भौचर र ५ दिने दुवाई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश स्माट मोवाइल फोन लेटमिइनको तर्फवाट रु ३० हजार वरावरको गिफ्ट भौचर,साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन भने ५ दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक थर्डरनरअप र फोर्थ रनरअप साथै अन्य विभिन्न १८ विधामा पनि विजेता छनौट गरिनेछ ।