माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो

काठमाडौं,साउन,२१-नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४ सय ७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो।

कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ।

जिम्मेवारी बाँडफाँट अनुसार अध्यक्ष दाहाललाई समग्र पार्टीको जिम्मेवारी दिएको छ।उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ।

उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ।उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ।

सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ।