एक कार्यक्रम गरी मगरको विदाई

मधुपौडेल
बाँके,बैशाख,७-
नेपाल मगर पत्रकार संघ बाँके का सदस्य दिपेन्द्र सारु मगरलाई एक कार्यक्रम गरी विदाई गरीएको छ । नेपाल मगर संघ नेपालकी केन्द्रिय उपाध्यक्ष दिपा आलेको उपस्थितिमा बुधबार उक्त विदाई कार्यक्रम गरीएको थियो । नेपाल मगर संघ, नेपाल पर्यटन पत्रकार संघ बाँके शाखा, नेपाल रफत संचार, एवं नेपाल सास्कृतिक संघ बाँके क्षेत्र न ३ को सयुक्त आयोजनामा उक्त विदाई कार्यक्रम गरीएको थियो ।

deependra saru magarकार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दिपा आले , नेपाल पर्यटन पत्रकार संघ वाँके शाखाका सचिव मधु पौडेल ,नेपाल रफत संचार बाँके का अध्यक्ष रंजिता ढकाल ,नेपाल सास्कृति संघ बाके क्षेत्रिय उपाध्यक्ष रितु राना , नेपाली कागे्रस बाँके की नेतृ उपा थापामगर तथा फोटो पत्रकार विशाल रानामगर लगाएतले शाखाका सदस्य दिपेन्द्र सारु मगरलाई शुभ यात्राको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै सदस्य मगरले आफु विदेशमा गए पनि आफुले पत्रकारीता को पेशालाई पत्रकारको मर्यादामा रहेर अगाडि लैजाने बताउनु भएको थियो । विहानी अनलाइनका प्रम्ुख समेत रहनु भएका सदस्य मगर नेपाल सास्कृतिक संघका बाँकेका क्षेत्र ३ का क्षेत्रिय कोषाध्यक्ष समेत हुनुहुन्छ । सदस्य मगर आफ्नो अध्ययनका लागि यही १२ गते जापान जान लागेको बताउदै, आफुले नेपाल बाहिर रहेर पनि मगर पत्रकारको नाताले आफ्नो लागि मात्र नभै सम्पुर्ण नेपालीको लागि काम गर्ने बताउनु भएको थियो ।