बबाल होला फेरीले ततायो बजार

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक २८-
यति बेला एक पछि अर्को गर्दै एकै दिनमा दर्जनौ गीतहरु बजारमा आईरहेका छन् । यसै क्रममा फरक किसीमको गीतको म्युजिक भिडियोले बजार तताईरहेको छ । लोक पप बिधामा समाबेश रहेको “बबाल होला फेरी ” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

भिडीयो पनी हेर्नुहोस ।

सार्बजनिक भएको केही सययमा बबाल होला फेरीको म्युजिक भिडियोले बजार तताएको हो । युवा पुस्तालाई लक्षीत गरि निर्माण गरिएको यस गीतमा चक्र बम र हिम सागर बमको उत्कृष्ट शव्द रहेको छ । टेक बिसीको स्वर रहेको यस गीतमा चर्चित ¥यापर मिस्टर आरजेको ¥याप रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल करिस्मा ढकाल चक्र बम र दिपेन्द्रको अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् भने सम्पादन चर्चित सम्पादक मिलन बिकले गरेका छन् । बि स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई चर्चित म्युजिक कम्पनी मेशना डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।