विद्यानिलकण्ठ मावीको २७ औँ बार्षिकोउत्सव सम्पन्न

रोशन घर्ती/

घोराही,माघ,१२-

आज घोराहीमा रहेको विद्यानिलकण्ठ मावीले २७ औँ बार्षिकोउत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । प्रबन्ध निर्देशक शरदकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं.१५ का अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

विद्यालयले अत्यन्तै राम्रो प्रगती गरेको र भविष्यमा पनि राम्रो गर्ने साथै विद्यालयमा अनुशासन विद्यार्थीहरु रहेको बताएका थिए । यस विद्यालयमा अत्यन्तै राम्रो वातावरणमा पठन पाठन भएको ,व्यावहारीक शिक्षा समेत सञ्चालन गर्ने प्रयास गरेको बताएका थिए ।

अभिभावकहरुले विद्यार्थीले विद्यालयमा बिताएको समय भन्दा बढि समय घरमा बिताउने भएको हुदा आफुले पनि घरमा शान्त पढन योग्य वातावरण बनाईदिएको समेत बताएका थिए ।

कार्यक्रममा विद्यालय निरीक्षक नारायण प्रसाद पौडेल,स्रोतव्यक्ती रामप्रसाद जैसी विद्यालयका प्रधानाध्यापक गणेश केसी,जिवन आचार्य अभिभावकहरु धर्मबहादुर हमाल,लिलाधर खड्का लगायतकाले आफ्ना भनाई राखेका थिए ।

शिक्षक शोभाराम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सुविन्द्र बुढाले गर्नुभएको थियो । कार्यक्रममा आएका सम्पुर्ण अतिथीहरुलाई नेपाली ढाका टोपी लगाएर सम्मान गरीएको थियो ।