बीउ रोप्न सफल भइयो, फल भित्र्याउने मौसम पछि आउँछ : डा. भट्टराई

काठमाडौँ, जेठ १ –

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको सफलताले वैकल्पिक राजनीतिको वीउ रोप्न सफल भएको बताएका छन् । हालसम्म विजयी उम्मेदवारहरुलाई बधाई दिँदै डा. भट्टराईले लेखेका छन्

विभिन्न जिल्लामा वैकल्पिक राजनीतिको वीउ रोप्न सफल नयाँ शक्ति नेपालका विजयी उम्मेदवारहरूलाई वधाइ । यो वीउ रोप्ने मौसम हो फल भित्र्याउने मौसम पछि आउँछ भन्ने हेक्का राख्न सबै शुभचिन्तकहरूलाई आग्रह ।

नयाँ शक्तिबाटे मनाङको नेस्याङ गाउँपालिका ५ र ८ मा हयानचेंन गुरुङ र कुङ्ग्याल गुरुङ वडा अध्यक्षमा विजयी भएको नयाँ शक्तिले जनाएको छ ।

त्यस्तै गोरखाको पालुङटार नगरपालिका वडा नं. १ मा वडा अध्यक्ष कृष्ण परियार सहित नयाँ शक्तिको पूरै प्यानल विजयी भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका १ मा बमबहादुर तामाङ र पार्वतीकुण्ड गापा१ मा निमा दीनडप तामाङ वडा अध्यक्षमा विजयी बनेका छन्  । रातोपाटीबाट