२ नम्बरमा चुनाव जित्न थप रणनीति बनाउदै कांग्रेस

काठमाडौं,साउन,२४-

 

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश नम्बर २ को निर्वाचन तयारी र पार्टीले लिने रणनीतिको विषयमा हुनेछ । साथै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो ।

बैठकमा सरकारको काम कार्वाही र मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने काग्रेसले जनाएको छ ।

बैठकमा काग्रेस सभापति तथा प्रधानमन्त्री मन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता तथा केन्द्रीय कार्यसमितिका सदस्यलाई बोलाइएको छ ।