आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं,साउन,३२-आज बिहिवार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ।

बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि तथा पशुपंछी विकास मन्त्री, मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यसूचि छ।

यसैगरी बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा १६ औं योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआवद्धता, एलडिसी ग्रेजुएशन स्टाटेजी र हाइ लेभल पोल्टिकल फोरमको सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुनेछ।