इमर्जिङ कपका लागि नेपालको टोली घोषणा

सन्दीप,दीपेन्द्र,ज्ञानेन्द्र र करणलाई इमर्जिङ कपमा विश्राम

सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्नेकाठमाडौं,असार,२३-एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अर्को साता शुक्रबारबाट सुरु हुने एसिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।इमर्जिङ कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ।

नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो।उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमानले इमर्जिङ कप खेल्दै छन्।

इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, युएई, पाकिस्तान र भारत छन् ।त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् ।

प्रतियोगितामा नेपाल, युएई र ओमान बाहेक अन्य देशका ‘ए’ टोलीले सहभागिता जनाउने छन्।हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छन्।

नेपालले जुलाई १४ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।यसैगरी नेपालले  जुलाई १७ मा भारत तथा  १९ जुलाई १९मा युएईको सामना गर्नेछ।

यसैविच : नेपालका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी यस्तै नेपालका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र करण केसीले अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।

सन्दीप र दीपेन्द्रले जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी-ट्वान्टी क्यानडामा आबद्ध भएका छन्।सो लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन्।दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो।दीपेन्द्र पहिलो पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्। 

नेपालले युवा खेलाडीलाई मौका दिदै ज्ञानेन्द्र र करण केसीलाई विश्राम दिएको छ।जिम्बावेमा विश्वकप छनोटमा करण केसीले उत्कृष्ट प्रदर्शन गरेका थिए।नयाँ बलका साथ सानदार प्रदर्शन गरेका करणले ६ खेलमा १२ विकेट लिएका थिए।

करण नहुँदा नेपालको तीव्र गतिको बलिङ आक्रामण किशोर महतो,सोमपाल कामी, प्रतिश जि.सी र गुलशन झाले सम्हाल्नेछन्।ज्ञानेन्द्रको स्थानमा देव खनाल र सन्दीप जोरालाई मौका दिएको छ।नेपालले तेस्रो नम्बरमा देव खनाललाई मौका दिने सम्भावना छ।देव गतवर्ष भदौंपछि नेपाली टोलीमा फर्किएका हुन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, अरिफ शेख, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम(मौसम) ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ