लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा मन्त्रिपरिषदबाट पारित

काठमाडौं,जेठ,५-सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् ।

नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ ।

भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जान सडक बनाएपछि भारतबाट अतिक्रमित भूभागसहितको नयाँ नक्शा प्रकाशित गर्न सरकारमाथि तीब्र दबाब परेको थियो । भारतीय कदमको नोपलमा सबै पक्षबाट तीब्र आलोचना भइरहेको छ ।