कांग्रेस पदाधिकारी बैठक बस्दै

फाईल तस्विर !!

काठमाडौं,चैत,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले नेपालखबरलाई जानकारी दिनुभयो।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। बैठकमा नयाँ सरकार गठन गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेका छलफलबारे जानकारी गराइने शर्माले बताउनुभयो ।

शुक्रबार देउवाले नयाँ सत्ता समीकरणका विषयमा माओवादी केन्द्र र जसपासँग आफ्नै निवास (बूढानीलकण्ठ) मा छलफल गर्नु भएको थियो ।

छलफलमा देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा गर्दै सहयोग गर्न आग्रह गर्नु भएको थियो। देउवाको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक भए पनि जसपाले भने निर्णय गर्न समय मागेको छ।