उत्तर कोरियाले विश्वकप नखेल्ने

फाईल तस्विर !!

काठमाण्डौं,जेठ,३-उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएका छन् ।

एसियन फुटबल फेडेरेसन (एएफसी) ले आइतबार उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको छ ।

उत्तर कोरिया छनोटको समूह ‘एच’ मा रहेको छ । यस समूहमा उत्तर कोरिया आठ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता लिनुको कारण बताएको छैन ।

तर, एएफसीले यस समूहको छनोटको बाँकी खेल दक्षिण कोरियामा गराउने निर्णयको कारण उत्तर कोरियाले नाम फिर्ता लिएको बताईएको छ ।

एएफसीले उत्तर कोरियाको यस निर्णय फिफाको आयोजक समितिलाई पठाइएको जनाएको छ ।

यस समूहमा उत्तर कोरिया, दक्षिण कोरिया, तुर्किमिनिस्तान, लेबनान र श्रीलंका रहेको छ ।एजेन्सी