
अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको बताउनुभयो।
एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने र चुनावचिन्ह चाॅंहि ‘हलो’ हुने भएको छ ।अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गर्नुभयो।
निर्बाचन आयोगलाई धन्यवाद दिदै थापाले सामाजिक सन्जालमा थप लेख्नु भएको छ:“अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ।
राप्रपाको चुनावचिन्ह जनतासम्म पुराउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाईलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु। पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु”भनी टिईटरमा लेख्नु भएको थियो ।
https://twitter.com/ktnepal/status/1313773977429438465?s=21