जिफन्ट र अन्टुफको समायोजन छिट्टै गर्छौ : बिनोद श्रेष्ठ

नेपालगन्ज , माघ, २४
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ अब छिट्टै समायोजन हुने दुबै महासंघका समायोजन समितिका संयोजक बिनोद श्रेष्ठले बताउनु भएको छ ।

अाज बाँकेको नेपालगन्जमा योगदानमा अाधारित सामाजिक सुरक्षा योजना अन्तरक्रिया कार्यक्रम पछि दुबै युनियनका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उहाले २०७६ सालको शुरुआत सम्ममा दुबैको समायोजन भई सक्ने बताउनु भएको थियो ।

हामी दिनरात लागि परेका छौं बाहिर कहीं कतै दुबै महासंघमा झगडा हुन्छ भन्ने हल्ला निराधार रहेको र दुबै ट्रेड युनियनका धेरै सङ्ख्यामा रहेका सदस्यहरुलाई निरास नपार्ने उहाँले बताउनु भयो । अब समायोजन गर्दा कही कतै लचकता दुबै संगठनका पदाधिकारीहरुले गर्नु पर्ने उहाँको भनाइ थियो ।