काग्रेसले दाङमा उम्मेद्वार टुंग्यायो

घोराहीको मेयरमा डाँगि र तुलसिपुरको मेयरमा गिरी

नरेश खड्का,

घोराही, असार,१-

नेपालि काग्रेसले दाङको घोराही, तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकामा पार्टिको तर्फवाट उठ्ने मेयर÷उपमेयरको टुंगो लगाएको छ ।

केही दिन यता लगातार बसेको काग्रेसको कार्र्य सम्पादन समितिको बैठकले घोराही, तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकामा उठाउने आधिकारीक उम्मेद्वारको टुंगो लगाएको हो ।

काग्रेसले घोराहीमा काग्रेस नेता भुपबहादुर डाँगिलाई मेयरको उम्मेद्वार बनाएको छ भने काग्रेस नेतृ पुष्पा श्रेष्ठको उप मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको पार्टि सभापति देउवाका विश्वासपात्रकारुपमा रहेका सांसद डिल्लि चौधरीले जानकारी दिनु भयो । उम्मेद्वार टुंगो लगाउन बसेको कार्य सम्पादन समितिकोे बैठक यसअगाडि पटक–पटक विना निष्कर्ष टुंगिदै आएको थियो ।

पार्टिभित्र मेयर र उपमेयरको थुप्रै आकाङ्क्षि भएपछि पार्टिका नेताहरुलाई निर्णय गर्न गाह्रो गाह्रो परेको थियो । घोराहीमा पार्टीवाट मेयारको टिकट पाएका डाँगि अहिले पार्टिको क्षेत्र नम्बर ३ को सभापतिको जिम्मेवारीमा हुनुहुन्छ ।

उहा यसअगाडि पनि क्षेत्रीय सभापति जिम्मेवारीमा रहनु भएको थियो । दोस्रो कार्यकालका लागि पार्टिको क्षेत्रीय सभापतिमा लडेका डाँगि भारी मतले जित्नु भएको थियो । मिलनसार र अत्यन्तै सहयोगि रहनु भएका डाँगिलाई वलियो उम्मेद्वारकारुपमा हेरीएको छ ।

विद्यार्थि राजनिति हुदै पार्टि राजनितीमा प्रवेश गर्नु भएका डाँगि पार्टि भित्र र वाहीर आफ्नो वलियो पकड जमाउदै आउनु भएको छ । घोराही ७ निवासि डाँगि हाल स्थायिरुपमा घोराहीमा बस्दै आउनु भएको छ । त्यस्तै उपमेयरको टिकट पाउनु भएकि श्रेष्ठ पनि वलियो र राम्रो उम्मेद्वारकोरुपमा हेरीएको छ ।

०६२÷६३ को जनआन्दोलनमा आफ्नो अग्रणि भुमिका निर्वाह गरेकि घोराही १५ निवासि श्रेष्ठ मिलनसार स्वभावकि हुनुहुन्छ । उहाँ नेपाल महीला संघ लगायत पार्टिको तल्लो निकायवाट राजनितिमा प्रवेश गर्नु भएको थियो । त्यस्तै तुलसिपुरमा पार्टिका नेता पुर्व सांसद गेहेन्द्र गिरीले मेयरको टिकट पाउनु भएको छ ।

उहाँ अहिले पार्टिको तुलसिपुर उपमहानगरपालिकाको सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । त्यस्तै पार्टिकि नेतृ देविका नेपालिले उपमेयरको टिकट पाउनु भएको छ । घोराहीका मेयर डाँगि र तुलसिपुरका मेयरका उम्मेद्वार गिरी दुवै पार्टिका प्रभावशालि नेता खुमबहादुर खड्का निकट मानिन्छन् । यसैगरी लमही नगरपालिकामा जोगराज चौधरी, उप प्रमुख देविका वेलवासेले टिकट पाउनु भएको बुझीएको छ ।

राप्ती गाउँपालिकाको अध्यक्षका लागि प्रकाश चौधरीले टिकट पाउनुभएको भने उपाध्यक्षमा जगदम्बा चौधरीले टिकट पाउनुभएको छ । गढवा गाउँपालिकाको अध्यक्षका लागि श्रीपत चौधरीले टिकट पाउनुभएको छ भने सकुन्तला डिसीले उपाध्यक्ष पदमा टिकट पाउनुभएको छ ।

बंगलाचुली गाउँपालिकामा भोजराज पाण्डेयले अध्यक्ष पदका लागि टिकट पाउनुभएको छ भने उपाध्यक्षका लागि निर्मला खनालले टिकट पाउनुभएको छ । जिल्लाको राजपुर गाउँपालिकाका लागि जगतपाल योगीले अध्यक्षको टिकट पाउनुभएको छ भने उपाध्यक्षमा उमा चौधरीले टिकट पाउनुभएको छ ।