अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा साधारणसभा सम्पन्न

संघको भवन, क्षमता बिकास र भाषा पत्रकारिता बिषयमा जोड

नेपालगंज,माघ,५-

अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेश नं. ५ का ६ वटा जिल्लामा रहेका शाखाका प्रतिनिधि तथा अवधी भाषी पत्रकारको उपस्थितिमा शनिबार नेपालगञ्जमा १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा गरिएको हो ।

साधारणसभाले संघको आफ्नो भवन, पत्रकारको क्षमता बिकास र अवधी भाषाको पत्रकारिता बिषयको आवश्यकतामा जोड दिइएको छ । कार्यक्रमको उदघाटन शत्रमा बोल्दै कृषि वन तथा वातावरण समिति प्रदेश नं. ५ का सभापति बिजय बहादुर यादवले ५ नं. प्रदेश अवधी भाषी क्षेत्र भएकाले यो क्षेत्रको कला, संस्कृति तथा भाषाको सरक्षण तथा बिकास हुनुपर्ने बताउनुभएको छ ।

उहाँले संघको बिकास र बिस्तारका लागि प्रदेश सरकारसंघ पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा बोल्दै पूर्व मन्त्री सर्वदेव प्रसाद ओझाले व्यक्तिले मात्र गरेर नहुने भएकाले यो समुदायका सबैको योगदान उत्तिकै हुनुपर्ने बताउनुभयो । उहाँले हालसम्म गर्न नसकिएको कुरालाई योजना बनाई भावी योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले पत्रकारको हित तथा उनीहरुको बिकासमा जोड दिएर अघि बढ्न सुझाव दिँदै आफ्ले हुन सक्ने सहयोग गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले अब व्यवसायिक पत्रकारिता टिक्न सक्ने पत्रकारिता गर्र्नुपर्ने बताउनुभयो ।

अहिले सबै क्षेत्रमा व्यवसायिक कुराले प्रतिस्पर्धा ल्याएको भन्दै व्यवासायिक पत्रकारिताको आवश्यकतामा जोड दिनुभयो । साथै उहाँले पत्रकार महासंघको बिधान अनुसार आवश्यक पर्ने योग्यता, दक्षता अपनाएर पत्रकारिता गर्न अनुरोध समेत गर्नुभयो ।

उदघाटन शत्रमा नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का सचिव शुक्रऋषि चौलागाई, संघका सल्लाहकार मोहम्मद हारुन, बिजय बर्मा, बिष्णुलाल कुमाल, नेकपा बाँकेका अध्यक्ष अक्कल बहादुर बम, नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला, संघिय समाजबादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राई, रापपा अध्यक्ष मण्डलका केशरराम बर्मा, नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक शुरेश कुमार कनोडिया, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले बोल्नुभएको थियो ।

उदघाटन शत्रमा समाजसेवी तथा पत्रकार माधवराम बर्माले आफ्नी आमा रामप्यारी र बुवा रामआधार कुर्मीको नाममा ५५ हजार ५ सय ५५ रुपैया बराबरको अवधी शिक्षा पत्रकारिता पुरस्कार र भवन निर्माणका लागि जग्गा दान गर्ने धोषणा गर्नुभएको छ । उक्त पुरस्कार शिक्षा दिवसको अवसरमा प्रदान गरिने छ ।

यसैगरी अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले आप्mनो आमा सरस्वतीदेवी यादवको नाममा स्थापना गर्नु भएको ग्रामीण क्रियाशिल पत्रकारिता पुरस्कारबाट यस क्षेत्रमा क्रियाशिल पत्रकार पवन जायसवाललाई सम्मान पत्र सहित रु. ५ हजारको पुरस्कार प्रदान गरिएको छ ।

संघका अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन संघका उपमहासचिव गुरुमुरत यादव, आर्थिक प्रतिवेदन सन्ध्या शर्माले प्रस्तुत गर्नु भएको थियो भने प्रस्तुत प्रतिवेदन बन्द सत्रमा छलफल गरि पारित गरिएको छ ।

साथै हालै स्वर्गवास हुनु भएका अवधी पत्रकार संघका जिल्ला अध्यक्ष स्वं रहिस अहमद सिद्धिकीप्रति सम्मान स्वरुप शोक प्रस्ताव, देशको संघिय संरचना अनुरुप विधान संशोधन र दाताहरुलाई धन्यवाद ज्ञापन प्रस्ताव परित भएको छ ।