कांस्य जितेकी पलेशाले ६५ लाख रुपैयाँ पाउने

काठमाडौं,भाद्र,१५-पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिईन्।

के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् ।

नेपाली खेलकुदको इतिहासमै पारा ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो।कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन ।

यसअघि पलेशाले पेरिस पारा ओलम्पिकअन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गरेकी थिइन् ।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्। उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन्।

उनले यसअघि चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।

यसैविच : राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारालिम्पिकमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ। यस्तै, रजत जित्नेलाई ९७ लाख र कांस्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। यही व्यवस्था अनुसार पलेशाले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गर्ने भएकी हुन्।

यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।नेपाल तेक्वान्दो संघले भने ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ।