नेपाल मगर संघको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीलाई

फाईल तस्विरमा : नागोया नेप्लीज एफसी परिवार ।।

टोकियो,बैशाख,२२-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले आयोजना गरेको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीले जितेको छ।

गत शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा सम्पन्न भएको टुर्नामेण्टमा नागोया नेप्लीज एफसीले स्टार एफसीलाई हराउदै उपाधी जितेको हो।

टुर्नामेण्टमा विजेता टिम नागोया नेप्लीज एफसीले ट्रफि र मेडल सहित ३ लाख ५५ हजार ५ सय ५५ येन प्राप्त गरेको छ,भने उपविजेता टिम स्टार एफसीले पनि ट्रफि र मेडल सहित १ लाख ५५ हजार ५ सय ५५ येन प्राप्त गरेको छ।

फाईल तस्विरमा : नागोया नेप्लीज एफसी परिवार ।।

त्यसैगरी सेमिफानलमा पुग्ने टिमले ३० हजार प्राप्त गरेका छन्,भने उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच पाँच हजार जापानीज येन पाएको आयोजक टिमले जनाएको छ।