आज चौंथो तमु धिं जापान रनिङ कप हुदैँ

बिहानी एफसीले टोकियोमा पहिलो पटक सहभागिता जनाउदै

फाईल तस्विर ॥

टोकियो,बैशाख,७-आज चौंथो तमु धिं जापान रनिङ कप फुटसल प्रतियोगिता हुन लागेको छ।

नयाँ वर्षको उपलक्ष्यमा हरेक वर्ष झै यस वर्ष पनि तमु धिँ समाज जपानको आयोजनामा रनिङ कप फुटसल हुन लागेको हो।

आयोजकका अनुसार यसपालीको प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ।“स्वास्थ्यको लागि खेल तथा मित्रता”भन्ने मुल नारा सहित जापानमा रहेका फुटबल प्रेमी खेलाडीहरु विच पारस्परिक भाईचाराको सम्बन्धमा हातेमालो गरी मनोरञ्जन दिलाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

यसैविच:फुकुओकमा सन् २०१८ मा स्थापित भएको बिहानी अनलाईनद्धारा सञ्चालित बिहानी एफसीले पनि टोकियोमा पहिलो पटक चौंथो तमु धिं जापान रनिङ कप फुटसल प्रतियोगितामा सहभागिता जनाउदै छ। 

बिहानी एफसीले केहि दिन अघि मात्र आफ्ना खेलाडीहरु सार्वजनीक गर्दै प्रतियोगितामा सहभागिता जनाउन लागेको आफ्नो क्लवको अफिसियल पेज मार्फत जनाएको थियो। 

बिहानी एफसीको प्लेईङ सेटमा रहेका खेलाडीहरुको नामावली ।

१. बिनोद बिष्ट (CF)
२. चन्द्र घर्ती मगर (CB)
३. संगित श्रेष्ठ (DFM)
४. अनिश लम्साल (CF)
५. कलम तामाङ (GK)
६. मुक्त गुरुङ (RMF)
७.प्रशान्त विष्ट (AMF)
८. दिपेन शाही (CMF)
९. आयूष थापा (GK)
१०. सुमन बिष्ट (CB)

अफिसियलहरुमा
११. दुर्लभ सारु मगर
१२.कृष्ण श्रेष्ठ
१३.भुपेन्द्र बिष्ट लगायत सदस्यहरुको उपस्थिती रहेको छ।यस्तै बिहानी एफसी क्लवले टोकियोमा निरन्तरता दिनको लागि आफूहरुलाई आफूखुशी आर्थीक सहयोग गर्ने सहयोगी दाताहरुलाई क्लवले हार्दिक धन्यवाद दिएको छ।

त्यसैगरी:चौंथो तमु धिं जापान रनिङ कप फुटसल प्रतियोगितामा विजेता हुने टिमले ४ लाख येन सहित ट्रफि,मेडल र प्रमाण पत्र पाउनेछ, भने दोस्रो हुने टिमले २ लाख सहित ट्रेफि,मेडल र प्रमाण पत्र पाउने छ।

यस्तै:प्रतियोगिताको सेमि फाईनलिस्ट २ टिमले ५०/५० हजार पाउने छ।त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता,उत्कृष्ट डिफेन्सले पनि पाँच पाँच हजार येन नगद पाउने आयोजकले जनाएको छ। 

खेल बिहान १० बजे देखी बेलुकि ७ बजे सम्म चिवा केन स्थित (किता कोगाने स्टेसन)नजिकै रहेको जेट फुट्सल स्पोर्ट नागारेयामा हुने आयोजकले जनाएको छ।