हार्दिक श्रद्धाञ्जली : प्रचण्डपुत्र प्रकाश दाहालको निधन

प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।

 क्षेत्र खनाल/

काठमाडौं,मंसिर,३-

अपडेट:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालले गर्नुभएको हो ।

अहिले नर्भिक अस्पताल थापाथलीमा नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । आज मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लाग्नु भएको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् । अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्‍याएका दाहाललाई डाक्टरले बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै अाएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।