बास नेपाल बर्दिया शाखाले मनायो नयाँ वर्ष र राष्ट्रिय झन्डा दिवस

फाईल तस्विर !!

बर्दिया,वैशाख,१-बास नेपालको आयोजना र JCI बर्दिया संघको सहकार्यमा १० औं राष्ट्रिय झन्डा दिवस र नयाँ बर्ष २०८२ को सालको शुभकामना आदानप्रदान कार्यक्रम गुलरियाको गणेशमान चोकमा भव्यताका साथ सप्पन्न भएको छ ।

कार्यक्रममा बास नेपालका केन्द्रिय उपाध्यक्ष खुमेश सुवेदीले राज्यले हालसम्म पनि राष्ट्रिय झन्डा दिवस भनेर नमनाउने गरेकाले यो दिवसलाई राज्यको बार्षिक क्यालेन्डरमै समावेश गरेर देशैभरी मनाउन सुरुवात गर्नुपर्ने बताउदै नयाँ बर्ष २०८२ को शुभकामना पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा सुवेदी लगायत अन्य व्यक्तिहरुले पनि शुभकामना व्यक्त गर्नु भएको थियो।

अन्त्यमा बास नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष राम सुनामले यो कार्यक्रमलाई निरन्तर रुपमा हरेक बर्ष यसरी नै मनाउदै अघि बढ्ने प्रतिबद्धता सहित समापन गर्नु भएको थियो।

कार्यक्रमको संचालन बास नेपालका जिल्ला शाखा सदस्य लक्ष्मण भन्डारिले गर्नु भएको थियो।