नेपाल मगर संघ क्षेत्रीय समिती नागोयाले पहिलो फुटसल टुर्नामेण्ट गर्ने

ओसाका,फुकुओका र टोकियोमा पनि मगर संघले फुटसल टुर्नामेण्ट गर्ने

टोकियो,चैत्र,२९-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले पहिलो फुटसल टुर्नामेण्ट गर्ने भएको छ।

यहि आउदो मे महिनाको ३ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने आयोजकले जनाएको छ।

पछिल्लो समय जापानमा बसोबास गर्ने नेपालीको जनसंख्या दिन प्रतिदिन बढ्दै गईरहेको हुदाँ प्रवासमा बसेर पनि खेलप्रेमी नेपाली समुदाय र यूवा पंक्ती माझ खेलकूदको जागरण ल्याउनको लागि यो टुर्नामेण्टको आयोजना गरिएको नेपाल मगर संघ क्षेत्रीय समिति नागोयाका अध्यक्ष याम बहादुर पाईजा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

“उहाँले भन्नुभयो” हाम्रो मगर समाजको दायीत्व भनेको सामाजिक कार्य र मनोरञ्जन कार्यक्रम त छदै नै, छ, तर जापानमा आएका नेपाली खेलाडीहरुको खेल लाई मध्यनजर गरी खेलकुद बाट पनि नेपाली समुदायमा एउटा जागरण ल्याउने मनसायले नै पहिलो टुर्नामेण्ट कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो।

अध्यक्ष याम पाईजाका अनुसार यस पटक “खेल मैदानमा प्रतिस्पर्धा, जिबनमा मित्रता” भन्ने मुल नाराका साथ हामीले यो टुर्नामेण्ट कार्यक्रमको आयोजना गर्न गईरहेका छौं, अब नेपाल मगर संघ क्षेत्रिय समिती जापानले मात्र नभई सम्पुर्ण क्षेत्रीय समितीहरु ओसाका, फुकुओका लगायत केन्द्रिय समिति टोकियोले पनि आयोजना गर्ने जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी मे ३ तारिख हुने टुर्नामेण्ट कार्यक्रमका लागि हामिले टिम दर्ता खुल्ला गरिसकेका छौं र समय मै आफ्नो टिम दर्ता गरी सहयोग गरीदिन सबैमा अपिल गर्नु भएको छ।

त्यसैगरि नेपाल मगर संघ क्षेत्रिय समिती नागोयाले आयोजना गर्न गईरहेको पहिलो टुर्नामेण्ट कार्यक्रममा सहभागि हुने टिमलाई दर्ताको लागि ३ मान दस्तुर तोकिएको छ।

उक्त टुर्नामेण्टमा विजेता टिमले ३ लाख ५५ हजार ५ सय ५५ येन पाउने छ भने उपविजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ येन पाउने छ।

यस्तै सेमिफानलमा पुग्ने टिमले ३० हजार पाउने छ भने, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच पाँच हजार जापानीज येन पाउने आयोजकले जनाएको छ।

खेलको बारेमा विस्तृत जानकारी र ठेगाना हेर्न परे तल दिएको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ।

NEPAL MAGAR ASSOCIATION JAPAN REGIONAL COMMITTEE NAGOYA PRESENTS

1st Futsal Tournament 🏟️ 2025
Tournament 🏟️ date : May 3 (Saturday)
Venue : UB東海フットサルクラブ
〒470-0332 愛知県豊田市越戸町東小笹60
MORE INFORMATION :
PAIJA : 090-9478-1672
KESHAV : 080-4541-6508